कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि असम्भव ः मन्त्री अधिकारी
२०८२ असार ०८ आईतवार
- उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई सम्वोधन गर्दै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको श्रृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरुदेखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि सम्भब नभएको वताएका छन् ।
उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई सम्वोधन गर्दै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको श्रृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरुदेखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरुमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवद्र्धनमार्फत उक्त क्षेत्रमा उच्च संभावना भएका उच्च मूल्य कृषि वस्तुहरुको प्रवद्र्धन गर्दै बजारीकरण मार्फत साना कृषकहरुको आय आर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले विगतदेखि नै परम्पारगत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरुको व्यवसायीकरण गरी मूल्य श्रृंखलाको विकास मार्फत निर्यात प्रवद्र्धन गर्न सके कृषकहरुको जिवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि वताए ।
नेपाल सरकार आइएफएडी वीच सम्झौता भई आठ वर्ष अवधिका लागि लुम्बिनी , कर्णाली, र सुदुरपश्चिम प्रदेश अन्र्तगत २० जिल्लाका ८० पालिकाहरुमा लागु हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बन मार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तिकरण गर्दै गरिबी निवारण र साना कृषकहरुको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण गरि संचालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले जानकारी दिए ।
सचिव शर्माले कार्यक्रममार्फत देशका अन्य क्षेत्रहरुमा स्थापना भएका स–साना कृषि बजारहरुको आवद्धता गरी उच्च मूल्य कृषिवस्तुहरुको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्न सक्ने संभावना समेत रहेको वताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।